हिमाल
छन्दभुषण रेग्मी (कक्षा ८)
उच्चा पारी सवल शिर त्यो स्वच्छताले हिमाल
रम्दै हास्दै सफल पनले बोल्छ सँरँ सव्ँँल
बुभ्mदा फेरी अति अटल भै धैर्यले यो रमेको
ढुङ्गा माटा सतत हिमले स्वच्छ भै यो अडेको ।।
(१)
हेर्दा फेरी चहक मणी झै पार्छ सेतो ललाट
मीठो हा“सो सकल जनमा दिन्छ है दन्त साथ
आए देखिन् कठिन तहका कष्टतका प्रहार
खप्दै सारा दुखद पल ती हा“स्छ रम्दै अपार ।।
(२)
भर्दै हाम्रो प्रकृति रसमा स्वच्छताको सुगन्ध
छर्दैै सारा मन मगजमा मुग्धताको उमङ्ग
पोखी यस्ले अविरल खुशी विश्वलाई ह“साई
राख्यो सारा सुखद पलमा विश्व हाम्रो नचाई ।।
(३)
दुख्खै पर्दा पनि सहन यो लाग्छ धेरै सिपालु
यस्कै राम्रो मधुर रितमा रम्छ डा“फे मुनालु
कोही पुज्छन् हर शिव कुटी देवको स्थान मान्दै
लिन्छन् मान्छे सकल रमिता हाय सौन्दर्य भन्दै ।।
(४)
छर्दै भर्दै दिलभर खुशी माथ पारी विशाल
उच्चतामा रमीकन सधै ज्ञँन्ँ बाड्दै हिमाल
हेर्दै हाम्रा हिमशिखरले विश्वलाई समान
बाड्दै राम्रा जगत जगमा सर्वदा उच्च ज्ञान ।।
(५)
मेरो आत्मा विभर छ अहो । शैलको उच्चताले
राम्रा हाम्रा हिमशिखरका ज्ञान छर्ने कलाले
यस्तो यस्को प्रकृति महिमा गाइ कैल्यै सकिन्न
जस्को जत्रो सहन शिलको काव्य रच्दा रचिन्न ।।
(६)
0 comments:
Post a Comment