Thursday, July 8, 2010

भानुभक्त अब तिमी

सिता कार्की


भानुभक्त अब तिमी
हाम्रा गाँउ तथा बेशिहरुमा राष्ट्रिय एकताको भाका शुसल्दै आउ


हाम्रा खेतबारी र पखेरामा शान्तिको फूल फुलाउँदै आउ


गास बास र कपासको साईनो जोडीएको


हाम्रो भूगोल घर झगडामा फसिसकेको छ


हामी निर्बासित छौ आफ्नै भूगोलबाट


त्यसैले अब तिमी फेरी आउ


हाम्रो बिस्थापित मनहरुलाई सिउदै

हाम्रो बिखन्डित भूगोललाई जोड्दै


किनकी


बेथिती नै बेथितीको मेला लागेको छ यसबेला


आफ्नोले आफ्नोलाई नचिन्ने स्वार्थीहरुको बोलवाला छ यसबेला


थितीरितीका कविताहरु बुन्दै आउ


एकले अर्कोलाई माया गर्ने


जिबनको गीत गाँउदै आउ


हामी निर्बासित छौ आफ्नै घरबाट


आफ्नै टोलबाट


आफ्नै गाँउबाट


त्यसैले अब तिमी


देशभक्तिको भाका गाँउदै आउ


अँध्यारोले धपक्क ढाकेको छ हाम्रा बस्तिहरुमा


भानु अब तिमी चेतनाको राँको बालेर आउ


हजारौ चेलीहरुको सिँउदो मरुभूमी बनाईएको छ


त्यसैले ति चेलीहरुको सिँउदोमा लाली भरेर आउ


अनी टुहुरा र अनाथहरुको लागि ममताको खानि बनेर आउ


बम बारुद र धुँवासगै मान्छे सस्तो भएको छ यहाँ


तिम्रो घाँसी कुवा सुकेको छ


तर रगत सस्तो भएको छ यहाँ


तिम्रा रामायाणका रामलक्ष्मणहरु


एकले अर्कोलाई नचिन्ने भएका छन


दाजु भाईको पारीभाषा हराएको छ यहाँ


त्यसैले भानु अब तिमी


शान्तिको परेवा उडाँउदै आउ


हिमाल ,पहाड र तराईको पौरख बनेर आउ


नयाँ नेपालको गौरब गाथा बनेर भाषिक एकताको माला उन्दै आउ


हाम्रा आस्थाका मझेरीबाट


हाम्रा मनको बलेसीबाट


एकताको प्रतिक हाम्रो राष्ट्रिय झन्डा बोकेर आउ


रामायणको भाकामा राष्ट्रिय एकताको गीत गाँउदै आउ ।

1 comments:

Anonymous said...

Nice poem dd! Lekhanlai nirantarata dinu hola!
-DJKC

Luv Nepal

सल्लाह सुझाब तथा सहयोगको लागि luvnepal977@gmail.com मा सम्पर्क गर्नुहोला ।