किस्ता
विश्वाश गुरुङ
किस्ता किस्तामा बनेको छ यो देश
किस्ता किस्तामा चलेको छ यो देश
तर जस्ले किस्ता तिर्यो [जनता]
उ बन्न सकेन
नत चल्न नै सक्यो
पहिलो किस्ता २००७ साल
एका एक तिम्रो भाग्य चम्कियो
तर उ चम्किन सकेन
दोश्रो किस्ता २०१७ साल
तिमी सत्तामा आयौ
तर उस्लाई चटक्कै बिर्सियौ
तेस्रो किस्ता २०३६ साल
तिम्रो नै प्रगती भयो
तर उ जहाँको त्यही रह्यो
चौथो किस्ता २०४६ साल
तिमी अल्ली खुम्चियौ अर्का तिमी पलाये
तर उ खुल्न सकेन
पाँचौ किस्ता २०६२/६३ साल
अत्ती भएर उस्ले तिम्रो आसन खोस्यो
हिजो पलाएका तिमीहरुले
फेरी उस्लाई किस्ताको किस्तामै सिमित राखे
अझै कती किस्ता तिर्न पर्ने हो
उ आजित भएको छ
त्एसैले अब
ईतिहास फेर्ने
अन्तिम किस्ताको
तयारी गर्दैछ उ!!!
0 comments:
Post a Comment