Monday, July 12, 2010

पिँडा

दिपेश घर्ति मगर


आसुँ आउछ हुन थाल्छ मनमा पिँडा
सम्झन्छु कसैलाई जो भयो मदेखी धेरै टाढा
जीवन नै हो सोछे जस्तो केही भएन
मुस्कुराउनु र हाँस्नु अब ममा रहेन


मनलाई बुझाउन खोँजे तर भये असफल
उस्को नै आउछ याद जस्ले गर्‍यो छल
भुल्न खोज्छु तर सम्झना आउँछ पलपल
एही पिँडाले बनायो जीवन अलमल

जसलाई सम्झे आफ्नो उसैले गर्‍यो घात
रोएरै बिते मेरा हरेक दिन र रात
छैन मलाई अब कोइ माथि विश्वाश
दुखीलाई नदिने रैछन् कसैले यहाँ साथ


पिँडाले बनायो सारा जीवननै अर्थहिन
बाच्ने रहर मर्दै गयो दिन प्रतिदिन
एकान्तमा बसेर रुन्छु सम्झाउछु आँफैलाई
झटपट नगरनु विश्वाश है ए मेरा साथी भाई

0 comments:

Luv Nepal

सल्लाह सुझाब तथा सहयोगको लागि luvnepal977@gmail.com मा सम्पर्क गर्नुहोला ।