Wednesday, July 14, 2010

बेपत्ताका परिवारको पीडा

भीष्मराज ढुंगेल

(छन्द शिखरिणी)
कुनै बेला आयौँ सकल धरणीका शरणमा
दुवै हाँसी खेल्थ्यौँ सकल मनुजैका नजरमा
नपाई थाहै लौ किनकिन लगे त्यो दिन कतै
बनाई बेहालै अनि फेरि गरे के बिनसित्तै ।


कतै बाटाघाटा पुलतिर लगे है कर गरी
कतै भीरै भीरै हिँडनु पनि भो भै थरथरी
बडे मान्को भारी बोकनु पनि भो कि बगरमा
भयो रातै हातै खलखल पसीना अधरमा ।

न लासै सासैको खबर पनि केही भएन है
न आशै आशाको भर पनि त केही भएन है
सधैँ पीडै पीडा खपनु परिरहेको छ नि यहाँ
उहाँको के भो हाल कतिकति बेथा छ नि वहाँ ।


छिमेकीको मानो कतिदिन चले गाउँ घरमा
सधैँ पो को गथ्र्यौ सरल सहयोगै सबमहाँ
म राजैधानीमा कति दिन घुमेँ सैन्य घरमा
म सोध्दै गा को थेँ फेरि पनि घुमी त्यो शिविरमा ।


उता लालाबाला धरधर रुँदै थे दिनभरी
यता मेरै थ्यो है डबडब नि पानी गहभरी
नहोस् कैल्यै त्यस्तो अब फेरि कसैको लहडमा
नपौडोस् कोही है अब फेरि विषाक्त जहरमा ।





0 comments:

Luv Nepal

सल्लाह सुझाब तथा सहयोगको लागि luvnepal977@gmail.com मा सम्पर्क गर्नुहोला ।