Saturday, September 11, 2010

सराबि म !!!

 साइलीले त्यो रित्तो गिलास भर्दा भर्दै लँडे
साइलीले त्यो रित्तो गिलास भर्दा भर्दै लँडे
सोमरसको नसा यो चड्दा चड्दै लँडे

पिउनलाई रोक्थ्यौ पहिला फेरी आज जिउनलाई
बेहोसिमा त्यही कुरा रट्दा रट्दै लँडे


बैरीसँग पठाइ रैछौ तिम्ले मलाई छोड्या खबर
अन्तिम त्यो तिम्रो पत्र पढ्दा पढ्दै लँडे


बस्ने ठाउँ त्यही थियो तिम्रो मन मेरो डेरा
निकाल्यौ अनी यो गल्लीमा सड्दा सद्डै लँडे   

चुरोटको धुँवा जस्तै पातलिदै उड्दै गएँ
चुरोटको धुँवा जस्तै पातलिदै उड्दै गएँ
रक्सीको बोतल जस्तै रित्तिदै फुट्दै गएँ


तिम्रो ओठ्मा हाँसो हुँदा संसारनै हाँसे जस्तो
तिमीलाई हसाउन आफ्ना खुशी चुँड्दै गएँ


हामी भेट्ने दोबाटोमा अचेल पनि कुरी बस्छु
फर्की आउने आशमा तिमी आँफैसँग छुट्दै गएँ


साथ्मा तिमी हुँदा लाग्थ्यो बल्ल पुरा भएँ आज
छोडि गयौ तिमी मलाई फेरी अब टुट्दै गएँ


0 comments:

Luv Nepal

सल्लाह सुझाब तथा सहयोगको लागि luvnepal977@gmail.com मा सम्पर्क गर्नुहोला ।