म नलडेरै हारिरहेछु।
रसरङ्गको बगैंचामा
म चुस्त खरायो भै, उफ्रदैथे
कुन शिकारीको आँखाको
पाशोमा परे,
र मरे।
फेरि, पिरतीको गृहयुद्दमा
कुन दु:स्मनले
बिछ्याएको माईनमा
मेरो यात्रा गुड्यो
र बिष्फोट्मा टुङ्गियो।
फेरि, मायाको रणभूमिमा
कसको कुन चक्रब्यूहमा
म कसरी फसे,
र मेरो छात्तीमा,
भाला रोपियो।
फेरि,प्रेमको राजनितिमा
म कसको षडयन्त्रमा परे,
तरवारहरुबाट घेरिए,
र मेरो टाउको गिडियो।
कुन युद्दभुमि हो
कुन रङ्गमञ्च,
मैले छुट्याउनै सकिन
कुन खेल मैदान हो,
कुन एम्बुस लडाँईको,
मैले ठम्याउनै सकिन
अझै पनि चिन्न सकिन,
मेरो शत्रुहरुलाई
पत्तो लाउन सकिन, वैरीहरुलाई
त्यसैले यो लडाँई
कोसँग कसरी लडुँ!!!
यसरी हरेक युद्द, म
नलडेरै हारिरहेछु।
~महाकाल
dec.2009
0 comments:
Post a Comment