नगेन्द्रजी सङ्ग गजलका गफ
साना साना थिए तर अनारका दाना पाएँ"
कुराकानि कै क्रममा ऊँहा एकछिन एकोहोरिनु भयो । मलाई लागेको थियो यो एकोहोरोपनले पक्कै पनि ऊत्कृष्ट फल दिनेछ। नभन्दै एकछिन पछि ऊँहाले माथिका शेर सुनाऊनु भयो। नगेन्द्र 'आनन्द' कुवँरजीको पुतलीबजार-२, स्याङ्जामा स्थायी रुपमा बसोबास छ र पोखरा, नागढुङ्गामा ढुवानि सेवा चलाउनुहुन्छ। लेखेरै बाँच्न नसकिने भएकाले यो पेसा अपनाउन बाध्य भएको भन्नु हुन्छ ।
"सारै मन परे मलाई गजलका सेर हजुर
नफालुकि भन्थे मैले समयलाई खेर हजुर"
गजललाई अग्रज साहित्यकारहरुले हेला गरेको ऊहाँको ठहर छ। साहित्यका सबै रस पाईएपनि किन गजल अग्रजहरुमाझ घु्ल्न सकेन ऊँहाले अझै पनि बुझ्न सकिरहनु भएको छैन। अग्रजहरुको गजल प्रतिको हेलाको बद्लामा ऊँहा कविता लेख्नु हुन्न रे ! गजल सङ्ग्रह निकाले लगत्तै कथा सङ्ग्रह निकाल्ने ऊँहाको सोच छ। ऊँहाको लेखन यात्रालाई पेशाले पनि केहि बाधा पु-याई राखेको छ रे ! देशका अरु ठाँऊ भन्दा पनि पोखरामा गजलले बढि प्रभाब पारेको नगेन्द्रजिको ठम्याई छ। यसको सरलपन ,माया पिरतिका कुरा, शब्दको मिठास र युवाको रुचाईका कारण अरु ठाँऊमा पनि गजलले अरु बिधालाई ऊछिन्दै गएको छ भन्नु हुन्छ ऊँहा।
"दु:खमा नि पिएँ मैले, सुखमा नि पिएँ मैले
आजकल त सङ्गिनि झै तिमिसङ्ग जिएँ मैले"
गजल भनेकै प्रणयको भाव व्यक्त गर्ने माध्यम भनेर बुझ्नु हुन्छ ऊँहा। त्यसैले ऊँहा बढि मात्रामा प्रणय र सोमरसका गजल लेख्नु हुन्छ। तर देशलाई बिषय बनाएर लेख्नु भएका गजलमा पनि उत्तिकै मिठास छ, पढे पछि पढुँ पढुँ लाग्ने । ऊँहा गजल लेख्ने कुनै समय छुट्याउनु हुदैन। कहिले काँहि यत्तिकै बाईकमा यात्रा गर्दा , हिँड्दा , सुत्दा अनि साथि भाई सङ्गको पार्टिमा पनि गजल फुर्छन रे अनि कुनै दिन गजल नै लेख्छु भनेर कापि कलम लिएर घण्टौं सोच्दा पनि एऊटै शब्द फुर्दैन रे। शब्द छनोट र लेखाईका हिसाब ले पोखराका अग्रज गजलकार पंगेनि शिव ऊँहाका मन पर्ने गजलकार हुनुहुन्छ रे !
नगेन्द्रजी सङ्गको करिब १ घण्टाको बसाईको अन्त्यमा ऊँहाकै मुखारबिन्दुबाट दुई वटा गजल सुन्ने सुअवसर पाएँ।
बाँदरै बाँदरको सहर छ यँहा
बाँदरै बाँदरको सहर छ यँहा
नयाँ थालनिको त रहर छ यहाँ
चाचा चुँ चुँ च्यातचुत्त गरिराछन्
देश बनाऊने कहर छ यहाँ
शतिले सरापेको देश रे नेपाल
अब मुग्लान बन्ने ठहर छ यहाँ
अरुको आड बिना छैन काम केहि
दायाँ बायाँ बिदेशि डहर छ यहाँ
हात उठाउ नसके यो काम गर्ने
जय जयकारको लहर छ यहाँ
डुल्या छैन
जति डुल्यौ भने पनि तिमी बाहेक डुल्या छैन
सत्य सत्य धरोधर्म कसम मैले भुल्या छैन
अंग अंग मेरै थिए सब संसार मेरै थियो
सुर्यमुखि बनि पुर्ब अनि पश्चिम फु्ल्या छैन
मन मुटु छोइ हेर एक पटक आनन्दको
बर्षात पछिको गगन झै किन यति खुल्या छैन
रिसाएर गालि गर्थेँ, फकाएर कालि भन्थेँ
तिमी मेरी दिलकी रानी अरुलाई हुल्या छैन

0 comments:
Post a Comment