Friday, October 1, 2010

यो देश मेरो जस्ले मलाई लखेट्छ

यसो सोचेँ
एकदमै हाँसो उठेर आयो
यो देश आँफु पछाडि हट्दैछ
फेरि
कुन रिसमा हो मलाई लखेट्दैछ
हुनत मैले जस्लाई पठाँए देश चलाउन
उस्ले नै पछाडि धकेल्दैछ
यो दोस देशको हो
या
देश चलाऊने हरुको
या मेरो
देश कै सेवा गर्नु पर्छ

प-यो भने मर्नु पर्छ
यस्तै यस्तै सोँच्नु पर्ने बेलाको म
सोच्न नखोजेको पनि हैन
तर
बेरोजगारिले यति पेल्यो
गरिबिले यति धकेल्यो
आज आफ्नै माटोसंग रिसाउनु पर्ने भएको छ
पहिले 
राजधानिको गल्लि गल्लिमा लुटिन्थ्यो मलाई
तिनिहरुले लुटेर लखेटे रे
त्यसैले
आजकाल
नलुटि लखेट्ने ठेक्का
देशले लिएकोछ
अस्ति मात्र
एक हुल म हरु लखेटेछ
फेरि
अर्को हुल लखेट्ने तयारि गर्दैछ
यो देश मेरो
जस्ले मलाई लखेट्छ !!!

0 comments:

Luv Nepal

सल्लाह सुझाब तथा सहयोगको लागि luvnepal977@gmail.com मा सम्पर्क गर्नुहोला ।