मेरा बस्तीहरुबाट
-सिता कार्की
बस्ती जलिरहेछ मेरो मनको आज
बस्ती जलिरहेछ मेरो मनको आज
म बुझन सकिन तिमीलाई
म बुझन सकिन तिम्रो मुटुको धडकनलाई
तिम्रो मुटुमा त गुलाफ रोपिएको थियो मायाको
तिम्रो मुटुमा त नदीहरु बगिरहेका थिए मायाको
एक्कासी के भएछ तिमीलाई अनी तिम्रो बर्तमानलाई
म सोधिरहेकी छु आज
तिम्रो परिवर्तन देखेर
तिमी मौन छौ ,तिमी स्तब्ध छौ
मेरो बस्तिबाट तिमी हराएका छौ
म खोजिरएकी छु मेरो वरीपरी मेरो सेरोफेरोमा
कतै नदेख्दा तिमीलाई
कतै नभेट्दा तिमीलाई
मेरो बस्ती उजाड भएको छ
फुलहरु फुलिरएका थिए
बास्नाहरु आईरहेका थिए
मेरो मनको बगैचामा पनि तिम्रो मुटुको स्पन्धन प्रतीध्वनित भएर
कहिल्यै नओईलाउने कसम खाएर रोपिएका थिए मायाप्रितीका फुलहरु
तर
एक्कासी फुलहरु ओईलाए मेरो मनको बगैचाबाट
एक्कासी तिमी हराएपछी मेरो बस्तिहरुबाट
त्यसैले
मेरो बर्तमान तिमीसँग रित्तिएको छ
मेरा बस्तिहरुबाट । ।

0 comments:
Post a Comment