यस हप्ताका उत्कृष्ट ५ ब्लग पोस्टहरु
१ वेदनाको क्यानभासमा पोतिएका रङ्गहरू [सत्यकथा]
बिष्णु गौतमजिको कथालाई शर्मिला खड्का (दाहाल)का शब्दले झन् जिवन्त पारेको छ। ऊहाँको लेखन र कथा पस्कने शैलि उत्कृष्ट लाग्यो। ठुलो सपना देखेका छोराहरुको दुर्घटनामा परि मृत्यु हुदाँ पनि समाज सेवामा लाग्नु भएका बिष्णु गौतमजि र ऊहाँकि श्रिमति सम्मान योग्य हुनुहुन्छ।
२ तँ किन घर फर्किस
बसन्तजिको आत्मकथा पढ्दा लाग्यो यहाँ म छु जो बिदेश जान र उतै सेटल हुन मरिहत्य गरिरहेको छु अनि एउटा ऊहाँ हुनुहुन्छ जो नेपाल फर्केर देशको सेवा गर्न खोज्दा पनि समाजका बिभिन्न प्रश्नमा जेलिन बाध्य हुनुभएको छ। बिदेशबाट फर्किने हरेक नेपालीको प्रतिनिधत्तव गरेको छ यो आत्मकथाले।
३ भ्रान्तिवाद: हाम्रो पटबाँझो जमिन
सुरुमा पढेँ, बुझिन तर यति ठम्याए कि ऊहाँको बिचारको आशय निकै सकरात्मक छ। फेरि बुझेर पढेँ। हरेक जिवनको सत्यता लेख्नु भएको रहेछ ऊहाँले। आँफै ठुलो , आँफुले भनेका कुरा ठिक आदि कुरा जस्तै साँधु सन्त मा पनि लागु हुने कुरा हो। यस्तै आँफुबादको यथार्थ औँल्याएर त्यसको निकाशको बाटो प्रस्ट्याइएको यो लेख पठन योग्य छ।
४ 'कविता अप्ठ्यारो भागमा निस्किएको पीलो हो'
शिर्षक हेर्दै निकै उत्सुकता जागेको थियो लेख पढ्न। कवि हेमन यात्रिको अन्तर्वार्ता रहेछ। कबिता वा अरु कुनै रचनाका बारेमा कविको धारणा राम्रो लाग्यो। कबिताको बारेमा केहि बुझ्ने अवसर पाँए। अन्त्यमा दिइएको कविको कबिता उत्कृष्ट लाग्यो।
५ प्रधानमन्त्रीको चुनाव, कथाको लट्ठी र यथार्थको जुत्ता !
दौतरिका लेखक ठरिक दादाको यो लेखमा देशको नाजुक स्थिति र त्यसबाट निकाश प्राप्त गर्ने विकल्पका बारेमा प्रष्ट बर्णन गरिएको छ । हामिले आफ्नो प्रतिनिधित्व गरि पठाएका नेताहरुको मति बिग्रिएको बेला लेखकले भने झै उनिहरुको मति सपार्न जुत्तानै आवश्यक छ कि ! सोँचौ त।
यो मेरो पहिलो प्रयास हो । मलाई मन परेका ५ पोस्टहरु राख्ने जमर्को गरेको छु। माथि उल्लेखित बाहेक मलाई मन परेका अरु पोष्टहरु दिलिप दाइको "केही रमाइला संस्मरणहरु !", साधनाजिको "उ- मेरो कलम",
वलदेवजिको "वीर्यदान गर्न सक्दिन म", gufgaf.comको "माल पास….." आदि हुन्। ब्लगिङलाई निरन्तरता दिनुहोस । पठन योग्य लेख्नुहोस । जय ब्लगिङ।
4 comments:
उत्कृष्ट पाँचमा पर्न सफल भएकोमा खुशी लागेको छ । एउटा फरक अनुभूति हुने रेछै त्यो मज्जा लुट्दैछु । धन्यवाद ।
मेरो पहिलो प्रयास हो अरु कमेन्टको प्रतिक्षामा छु। हेरौ सबैलाई कस्तो लाग्यो।
नेपाली ब्लगको प्रचार प्रसार र ब्लगलाई पाठक बीच अझ नजिक लान यस्ता पोस्टहरु सार्थक हुन सक्छन् जस्तो लाग्दैछ मलाई पनि ।
यो सार्थक प्रयासको लागि धन्यवाद ।
उत्साह र हौसलाको लागि धन्यबाद दिलिप दाजु।
Post a Comment