Saturday, September 18, 2010

फेरि केहि गजल !!!

भरेका छन् आँखाहरु आँसू झर्न बाँकी रह्यो

भरेका छन् आँखाहरु आँसू झर्न बाँकी रह्यो
कात्रो समेत तयार भयो मात्र मर्न बाँकी रह्यो

मन्मा डेरा बस्नेहरु सबै ठीक पारी सके
अब भित्ता लात हानी अन्तै सर्न बाँकी रह्यो

ठीक्क पारी सके नुन, चुक पनि तयार भो रे!
घाऊ पनि बल्झी राछ अब छर्न बाँकी रह्यो

खै के गरु अब मैले सोच्न ठ्याम्मै सक्या हैन
हुन त सबै भै सक्यो के पो गर्न बाँकी रह्यो ?


आयौ तिमी हे रुपशी उत्शाह का लहर बनी

आयौ तिमी हे रुपशी उत्शाह का लहर बनी
छायौ तिमी हे रुपशी चारै थरी प्रहर बनी

सुन्मा सुगन्ध थपे झै मन्मा उमंग भरे झै
आयौ तिमी हे रुपशी गजलको बहर बनी

मान्छे को यो कोलाहलमा बाँच्न नसक्ने भाथे म
आयौ तिमी हे रुपशी बेग्लै सुन्दर शहर बनी

पागल भन्थे एक्लो भन्थे यहाँका भनौदाहरुले
आयौ तिमी हे रुपशी सब आँखाको रहर बनी

पथ्बीहीन् यो किरण भौतारीदै हिँडीराथ्यो
आयौ तीमी हे रुपशी मोड बिहीन डहर बनी

0 comments:

Luv Nepal

सल्लाह सुझाब तथा सहयोगको लागि luvnepal977@gmail.com मा सम्पर्क गर्नुहोला ।