Saturday, August 7, 2010

अन्नपूर्ण मेरी प्रियेसी

अच्युत घिमिरे

प्रभाती किरण तिमीमा पर्दा 
तिमीलाई मैलेमेरी प्रेयसीको सुनौलो
 मुहार देखने गरेको छू हे अन्नपूर्ण,
कंचन तिम्रो त्यों रूप देख्दा 
मैले मेरी मायालुको 
रूप संग दाज्ने गरेको छू हे अन्नपूर्ण,
जति तिमी अटल र अमर छौ 
त्यों भन्दा पनि मेरी हृदयकी रानीको 
बिश्वाश र माया अटल छ हे अन्नपूर्ण 
तिमीलाई कहिले कही बदलले छोपीदिदा
 तिम्रो अस्त्तितो र सुन्दरतामा खलल पुग्छ 
तर मेरी लेडी बुद्धमा 

त्यस्तो खलल पुग्दैन हे अन्नपूर्ण
 मलाई माफ़ गर हे अन्नपूर्ण 
मैले तिम्रो पबित्रता माथि 
मैले तिम्रो सुन्दरता माथि
 मैले तिम्रो अस्मिता माथि 
मैले तिम्रो अस्त्तित्यो माथि
 आलोचना गर्न खोजेको होइन 
मैले त केबल मेरी सपनकी रानीको
 बर्णन मात्र गर्न खोजेको हु 
मेरी प्रेयसी
 तिम्रो मात्रित्योमा हुर्किएकी
तिम्रो आगनमा खेलेकी 
तिम्रो सुन्दरता बाट सुन्दरता पाएकी 
तिमी जस्तै कंचन पबित्र 

अनि स्वच्छ मन भएकी 
तिनी कोही पराई होइनन 
तिम्रै आचल ओढेकी 

तिम्रै एक छोरी हुन हे अन्नपूर्ण !!!

0 comments:

Luv Nepal

सल्लाह सुझाब तथा सहयोगको लागि luvnepal977@gmail.com मा सम्पर्क गर्नुहोला ।