यस्तै यहाको हाल छ !
देशको कुरा लेखौ भने - जताततै बबाल छ,
बुदा बुदिको झगडा हुदा - चक्काजाम हड्ताल छ ,
के लेखौ साथी हो - यस्तै यहाको हाल छ !
जनताको कुरा लेखौ भने - महंगीले बेहाल छ,
नेताहरुलाई हेर्यो भने - आफ्नै आफ्नै ताल छ,
के लेखौ साथी हो - यस्तै यहाको हाल छ !
जाजरकोटका मान्छेलाई - औसधि छैन काल छ,
हतियार किन्न खोज्छन नेता - कमिसन मालामाल छ,
के लेखौ साथी हो - यस्तै यहाको हाल छ !
प्रशासन तिर छिर्यो भने - भ्रस्टाचारको जाल छ,
ब्यापार भयो शिक्षा छेत्र - कमाउने धन्दा कमाल छ,
के लेखौ साथी हो - यस्तै यहाको हाल छ !
बिदेशीको पाउ पर्दै - सहयोग माग्ने थाल छ,
दलित/बिधवा बिहे गर्दा - पैसा फालाफाल छ,
के लेखौ साथी हो - यस्तै यहाको हाल छ !
सचेत युवा विदेश धपाउने - फटाहाहरुको जाल छ,
नेपाल आमा लुटी लाने - बिदेशीको चाल छ,
के लेखौ साथी हो - यस्तै यहाको हाल छ !
राजा ढल्यो राजतन्त्रको - अवसेष बिकराल छ
बुध्द जन्मेको देशमा हेर - बुध्दिकै अनिकाल छ,
के लेखौ साथी हो - यस्तै यहाको हाल छ !

0 comments:
Post a Comment