Friday, July 2, 2010

गोर्खे अस्तित्व खोजीरहेछ

असफल गौतम


प्रसव पीडामा रन्थनीएर

निश्वार्थ र निर्भीक रुपमा

पीडा मिश्रीत खुशीका

स्निग्ध आँशुको प्रतिक्षामा

गोर्खे अस्तित्व खोजीरहेछ ।

सिद्धान्ततः यर्हा निर्वस्त्र

अंगप्रत्यंगका सफले बाँदरहरु 

भताभुङ्ग पार्दै मतिभ्रष्ट भएर



बिसर्नै नसकिने मनमोहक रुपहरु

सेती, काली र महाकाली

आँखा तर्दै मुन्टो बटार्दै

खटनपटनमा

चाबुक र सुशेली चलाउदै

राशन र शासनलाई पौडी खेलिरहेछन्

तर गोर्खे अस्तित्व खोजीरहेछ ।

गल्ली गल्छेडा र निश्पट्टपथमा

झूण्ड झूण्ड भएर

कुकुरहरुको कात्तिक चलिरहेछ

कागहरु जुठेल्नामा काका गर्दा

साँढे पल्टेर सिँगौरी खेल्दैछन्

स्यालहरु हुइया गर्दा

बिरालाले ल्याउ ल्याउ भन्दा

हासको माझमा बकुल्लो परेछ

विचरा गोर्खे अस्तित्व खोजीरहेछ ।

चौबन्दी र गुन्यु खोजेर

अमन चयन सुखशान्ति रोजेर

बुद्धको पोको बोकेर

२१ औँ शताब्दीको संघारमा

जिउदो चिता जलाउनेका बीचमा

गोर्खे अस्तित्व खोजीरहेछ ।

कालो धुवामा धावा बोलेर

शंख फुक्दै मसानधाट सम्झनेका बीच

मन जलाएर मस्तिष्क सजाएर

दुष्टात्माको वध गर्न

वीरभद्रको रुप लिएर

विद्रोहको बिजारोपण गर्दै

गोर्खे अस्तित्व खोजीरहेछ ।

विचरा गोर्खे !

बिसिर्दे त्यो विगतलाई

नालापानी, देउथल र कागडालाई

अमरसिंह, वीरभद्र, पृथ्वीनारायणलाई

सिता, भृकुटी र अरनिकोलाई

किनकि समय वदलियो रे

अव त पाटीको मुखपत्र बक्नुपर्छ रे

सेती, काली र महाकालीको

मनमोहक रुप हेर्नुपछ रे

तर गोर्खे अस्मिता खोजीरहेछ

 तर गोर्खे अस्मिता खोजीरहेछ

0 comments:

Luv Nepal

सल्लाह सुझाब तथा सहयोगको लागि luvnepal977@gmail.com मा सम्पर्क गर्नुहोला ।