तिमीहरुको नाम जोडिने छ
अच्युत घिमिरे
झुप्रा झुप्राहरुबाट मशाल निस्केलान कतै
भोकले हमला गरेका पेटहरु, बारूद भएर निस्केलान कतै
परिश्रम नपाएका हातहरु,आक्रमक मुठी भएर निस्केलान कतै
कोदो, फापर गोड़ने कुटोहरु, मिसाइल भएर निस्केलान कतै
थाकेका कलमहरु,शशक्त आवाज भएर निस्केलान कतै
तिम्रा बिरुद्धमा बुलंद स्वरहरु'आउलान कतै
अस्तित्यो हिन् बनाइएका मतदाताहरु
तिम्रा अस्तित्यो मेटाउन निस्केलान कतै
हिजो जंग बहादुरको जग भतकाउनेहरु
शाह बमसिय संरचना ढालनेहरु
संबिधानशभाकालगी आहुती दिनेहरु
नया नेपाल बनाउनकालागि लड़नेहरु
निस्केलान अब त तिम्रै बिरुद्धमा
सम्झ त ति निमुखा मतदाताहरुलाई
दिएका बाचाहरु
निर्वाचनमा गाएका बिरही भाकाहरु
घर घरमा बसेका हर रातका बासहरु
बूढी आमाले खोजेर ल्याएका अन्नका गाँसहरु
धिक्कार छ तिमीहरुलाई
पेरिस डाडामा मीटिंग गर्नेहरु
बल्खु दरबारमा जलपान गर्नेहरु
चिल्लो कारमा सनेपा जानेहरु
भत्ताकालागि शिंहदरबारहरु धाउनेहरु
समय अझै छ मनन गर
नैतिकवान होऊ, आत्मा आलोचना गर
नत्र अब पालो तिमीहरुको हुनेछ
जंग बहादुर ,ज्ञानेन्द्र पछि
तिमीहरुको नाम जोडिने छ
|

0 comments:
Post a Comment