तृष्णा
नबिन भट्टराई
पिडा तिमीलाई पनि दुख्छ,
मलाई पनि,
तिम्रोपनि आफ्नै कथा होला,
मेरो पनि,
हो, वास्तवमा हामी अलग छौ,
फेरिपनि हामीबीच सम्बन्ध छ l
तिमि आफ्नो भाग्यलाई दोष दिन्छौ,
म आफैलाई सराप्छु ...
हामी दुवै सिमाना भित्र बन्धि
त छौ,
येही सिमाना भित्र हामीले जन्म लियौ,
येही प्राण त्याग्नु पनि पर्छभने,
फेरी किन फाटो छ हामीबीच-
अमिरी-गरिबीको,
सेतो-कालोको,
माडे-पाडेको र
तराई-पहाड-हिमालयको ?
आखिर,
तिमीसंग पनि प्रेमी मुटु छ, मसंग पनि,
तिमीसंग पनि रातो रगत छ, मसंग पनि...l
जब शिषिरको चिसो कुहिरोलाई चिरेर पारिलो घामले धर्ति चुम्छ,
उसको न्यानोपनमा पक्षपात् हुदैन,
जब बसन्तको पहिलो कोपिला यौबना हुन्छ र वयस्क फूलमा परिणत भई
मिठो सुवाष छर्छ,
उसको सुवाषमा पक्षपात् हुदैन l
मृत्यु आउछ, मलाई टिपेर लान्छ,
अबेर होला तर एकदिन तिम्रोपनि पालो आउछ,
यो वास्तविकता थाहा हुदा हुदैपनि हामीबीच किन
यति घृणा छ ?
आखिर,
बाच्ने अधिकार तिमीलाई पनि छ, मलाई पनि ..l
आउ...
स्वतन्त्रताको उपभोग गरौ,
चराहरु जस्तै उडौ आकाशमा फर्र ...
घृणाको कालो बादल पन्छाई असमानताको विकट र विशाल
पहाड सम्याउ,
प्रेमका गीत गाउदै उज्यालो दीप बालौ एक-एक गरि,
के गाँउ - के शहर, के पहाड - के तराई, के लेक - के बेशि,
मिलेर, एक भएर विजय हाँसील गरौ यो अन्योलता र असमानता प्रति,
किनभने,
मातृभूमि तिमीलाई प्यारो छ,
मलाई पनि ...
मिलन तिमीलाई प्यारो छ,
मलाई पनि ...l

0 comments:
Post a Comment