Friday, July 23, 2010

उज्यालो भै सकेछ !!!

भानु किरण 
सुर्यको ताप सँग नडराउने सुर्यमुखी
उन्को चमक देखेर नुघ्यो
फुलको बास्नामा रमाउने भवँरा
उन्को बास्नाले लठ्ठिएर ढल्यो
सुन्दर्ताको पर्यावाची भनिने गुलाफ
उन्लाई देखेर लजायो
हो!
यस्तै थियो मेरो फुल्बारिको माहोल
अनी म झ्याल बाट हेरी रहेको थिएँ
उन्को आगमन सँगै
सुर्यमुखी झुकेको थियो
भवँरा बेहोसिमा बर्बराउदै थियो
अनी

गुलाफ शर्माएको थियो
खै
कुन देशकी हुन उनी
शायद स्वर्गीकी अप्सरा हुन्की
हैन हैन
हुनै सक्दैन
कहाँ उनी
अनि कहाँ
किताबमा मात्र वर्णन गरिएका कल्पित रुपहरु
सायद प्रकृतिको अर्को रुप पो हुन कि
हुन सक्छ
प्राकृतिक सुन्दर्ताको वर्णन पनि
कस्ले पो गर्न सक्छ र
एत्तिकैमा कोठामा केही चल्बलाये जस्तो लाग्यो
फर्केर हेरे
झसँग भये
त्यो रुप मेरो आँखा अगाडि थियो
म अवाक भये
उन्को त्यो ओठ हेरें
खाउँ खाउँ लाग्यो
उन्को त्यो जवानी हेरें
माया लाउँ लाउँ लाग्यो
शायद मन पापी पो भएछ
त्एसैले होला चारै तिर अन्धकार छायो
उनी बिलिन भईन
म पसिनै पसिना भये
फेरी झसँग भये
फेरी झ्याल बाट हेरें
उज्यालो भै सकेछ !!!

0 comments:

Luv Nepal

सल्लाह सुझाब तथा सहयोगको लागि luvnepal977@gmail.com मा सम्पर्क गर्नुहोला ।