Thursday, July 22, 2010

तिमी साथ आऊ अरु चाहिँदैन - गजल

तिमी साथ आऊ अरु चाहिँदैन
मिठो प्रीत लाऊ अरु चाहिँदैन


टिपी रुप मेरो मिलाएर छन्द
स्वयम् गीत गाऊ अरु चाहिँदैन


बिहानी उसा झैँ तिमीले खुलेर
सधैं मुस्कुराऊ अरु चाहिँदैन


झुकाएर आँखा रही मौनतामा
तिमीले लजाऊ अरु चाहिँदैन


मिठो प्यास बोकी नसालू नयन्मा
मलाई डुबाऊ अरु चाहिँदैन


छन्दमणि त्रिपाठी
स्रिजनाबस्ती, हेम्जा, कास्की

0 comments:

Luv Nepal

सल्लाह सुझाब तथा सहयोगको लागि luvnepal977@gmail.com मा सम्पर्क गर्नुहोला ।