Tuesday, July 27, 2010

भीष्मराज ढुंगेलको चिट्ठी

धन्यवाद !

      लभ नेपाल http://luvnepal.com ले नेटमार्फत साहित्यिक कार्यक्रमहरुको आयोजना गरेर साहित्यस्रष्टा साधक र साहित्यानुरागीहरुलाई आफ्ना विचार एवं भावनाहरु नेटमार्फत प्रस्तुत गर्ने अवसर दिएको छ । भर्खरै सम्पन्न भानुजयन्तीको अवसरमा कविता प्रतियोगिताको आयोजना गरी प्राप्त रचनाहरुको यथाशक्य निष्पक्ष निर्णय गरेर मलाई पनि पुरस्कृत हुने अवसर प्रदान गरेकोमा यस संस्थालाई हार्दिक धन्यवाद दिन चाहन्छु र आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरु आयोजना गर्नुका साथै साहित्यका विविध विधाहरुले फल्ने फुल्ने अवसर पाऊन् भन्ने आशा एवं अपेक्षा पनि गर्दछु ।

नेटमार्फत कुरा राख्ने साहित्यका कति छात्र

त्यस्तो अवसर दिने पोखरामा एक मात्र

साहित्यको सेवा गर्न खट्ने गर्छ अहोरात्र

लभ नेपाल छ है आज धन्यवादको पात्र ।

                                                      भीष्मराज ढुंगेल

                                                         स्याङ्जा

                                                      ९८४६०५२९६४

0 comments:

Luv Nepal

सल्लाह सुझाब तथा सहयोगको लागि luvnepal977@gmail.com मा सम्पर्क गर्नुहोला ।